Weekly Satsang Programs
Weekly Satsang
नेपाल मानव धर्म सेवा समितिले देशभरी रहेका क्षेत्र तथा शाखा आश्रमहरुमा नियमित रुपमा शनिबार साप्ताहिक सत्संगको आयोजना गर्दै आएको छ । हप्ताको ६ दिन हामी हाम्रा दैनिक कार्यहरु (व्यापार, व्यवसाय, जागिर, पढाई) लगायतमा समय विताइरहेका हुन्छौ । भौतिक जीवनमा नै समय खर्च भैरहेको हुन्छ । त्यसैले शनिबारको दिन आश्रममा आएर सत्संग सुन्नाले हप्ताभरीका लागि आध्यात्मिक उर्जा प्राप्त हुने छ । हामी दैनिक कार्य गर्दा गर्दै पनि भक्तिमा मनलाई जोडिरहने प्रेरणा सबैमा जाग्ने छ । साप्ताहिक सत्संगले हरेक भक्तको मनलाई पुनर्ताजगी गराउने छ ।
काठमाडौंको गौशाला स्थित केन्द्रीय कार्यालयमा हुने साप्ताहिक सत्संग मानव धर्मको युट्युव च्यानलबाट प्रत्यक्ष प्रशारण हुने गरेको छ । पछिल्लो एक महिनाको प्रत्यक्ष प्रशारण तलको लिंकमा गएर हेर्न तथा सुन्न सकिने छ ।
2082-10-24 : Weekly Satsang
2082-10-17 : Weekly Satsang
2082-10-10 : Weekly Satsang
